Skip to content
Shikhar Insurance
National Life

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

Hyundai
NCELL
NIMB

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिए।

उनका अनुसार तराई भूभागमा मौसम सामान्यतया सफा रहेको र पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले काठमाडौंको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड तथा पारदर्शिता  छ किलोमिटरभन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंमा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडका बीचमा रहने तथा काठमाडौंमा दिउँसोपछि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् झाले बताए।

आजराति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्