Skip to content
Shikhar Insurance
National Life

इसेवा मनी ट्रान्स्फर र ट्र्याङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनी ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा ठूलो फड्को मारेको इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ।

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १ सय ५० भन्दा बढी देशहरुबाट रेमिट्यान्स पठाउन सक्ने छन्। साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरे । इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्