Skip to content
Shikhar Insurance
National Life

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाने उद्घोष

Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनी ट्रान्सफरले स्थापनाको तीन वर्ष पुरा गरेको छ । फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तेस्रो वार्षिकोत्सवका अवसरमा बिभिन्न कार्यक्रमको आयाजना गरेको छ ।

तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने,“ कार्य संचालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तक हरुलाई दिन चाहन्छु । आफ्नो सेवा विस्तारका बारे कोइरालाले थपे, डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै हामीले ’मेरो डिजिटल देश’ अभियान सुरु गरेका छौ ।

इसेवा मनी ट्रान्सफरले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ । संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्