Skip to content
Shikhar Insurance
National Life

इसेवाद्वारा पार्वती माध्यमिक विद्यालय, बाजुरालाई शैक्षिक सामग्री हस्तान्तरण

Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूव्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् । शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे ।

साथै, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे ।

विसं २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका-९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । साथै, सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्