Skip to content
Shikhar Insurance
National Life

इमर्जिङ्ग नेपालद्वारा लगानीकर्ताहरुलाई ८.४२ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ८.४२१०५ प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्