Skip to content
Shikhar Insurance
National Life

इभी गाडीमा किलोवाट छलि प्रकरण: राजस्व अनुसनन्धान विभागले माग्यो सबै कम्पनीको विवरण

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले विद्युतिय गाडीमा किलोवाट छलि भएको भन्दै अनुसन्धानलाई तिब्र बनाएको छ । विभागले सबै कम्पनीहहरुको विवरण संकलन गरी छानविन सुरु गरेको हो । इभी आयातकर्ताहरुले किलोवाट छलि गरी गाडी भित्र्याइरहेको भन्ने सूचनाको आधारमा विभागले अनुसन्धान अघि बढाएको हो ।

विभागमा परेको उजुरीको आधारमा असार ४ गते विभागको टोलीले बिल्ड योर ड्रीम (बीवाईडी) गाडीको बिक्रेता साइमेक्स इंकको केन्द्रिय कार्यालयमा छापा मारेको थियो । किलोवाट छलि सम्बन्धि केहि महत्वपुर्ण कागजात नियन्त्रणमा लिएर विभागको टोली अनुसन्धानलाई अघि बढाएको छ ।

अहिले विभागको अनुसन्धान टोलीले कम्पनीसँग आवश्यक कागजातहरु माग गरिरहेको छ । विभागसँग भएको तथ्य र कम्पनीले उपलब्ध गराएको कागजात भिडान गरी अनुसन्धान भैरहेको अन्सन्धानमा सहभागी एक कर्मचारीले बताए । ती कर्मचारीले सिंहदरबारसँग भने, ‘विभागले कुनै एक कम्पनीलाई मात्रै टार्गेट बनाएर अनुसन्धान सुरु गरेको होइन, उजुरी परेका सबै कम्पनीहरुका गाडीहरुमाथी सुक्ष्म निगरानी सुरु गरेका छौं, भन्सार विभागसँग सबै इभी गाडीहरु जाँचपास हुदाँ पेश भएको कागजात माग गरेका छौं, यसपछि मात्रै कम्पनीहरुसँग थप कागजात माग गर्नेछौं।’

ती अनुसन्धान अधिकृतका अनुसार कुनै कम्पनीमा धरपकड गर्नेगरी काम विभागले गर्ने छैन । ती अधिकृतले थपे, ‘हामीले कुनै कम्पनीलाई सिधैं चोर करार गर्नेगरी भन्दा पनि आरोप पुष्टी हुने तथ्यहरु खोजिरहेका छौं, बलियो प्रमाण भेटिए राज्यलाई हानी भएको राजस्व जरिवाना समेत १५ अर्ब हाराहारीमा बिगो कायम हुने अनुमान छ ।’

विभागले किलोवाट मात्रै नभएर न्युनबिजिकरणमा समेत अनुसन्धान सुरु गरेको छ । विभागमा परेको उजुरीमा इभी गाडीमा न्युनबिजिकरणको समेत विषय उठान भएपछि थप क्षेत्रमा अनुसन्धान हुने देखिएको हो । विभागले त्यतिमात्रै नभई अधिक नाफा र आयकर दाखिलाको विषयमा समेत अनुसन्धानलाई तन्काउने छ । भन्सार घोषणा मूल्यको तुलनामा अधिक नाफा राख्ने गरेका कम्पनीहरुले नाफा अनुसारको आयकर तिरे वा अनावश्यक खर्च देखाए भन्ने विषयमा पनि अनुसन्धान हुनेछ ।

सरकारले इभी गाडीको मोटर पिक पावरमा भन्सार महसुल र अन्य करको दर निर्धारण गरेपछि इभी आयातकर्ताहरु माथी किलोवाट छलिको आरोप लाग्ने गरेको छ । सोही आरोपको पुष्टी गर्न विभागले काम अघि बढाएको हो । विभाग स्रोतले भन्यो,’अनुसन्धान हुने वित्तिकै आरोप पुष्टी हुन्छ भन्ने होइन, मुद्दामै गैहाल्नु पर्छ भन्ने होइन यदी तथ्य र प्रमाणले आरोप पुष्टी हुँदैन् भने आयातकर्ताहरुले सफाई पाइहाल्छन् ।’

उता भन्सार विभागले पनि अनुसन्धानलाई अघि बढाएको छ । जेठ ४ गते भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले सबै मातहतका कार्यालयहरुलाई पत्राचार गर्दै किलोवाट छलि गरी गाडी आयत भएको भए उच्च सतर्कताका साथ छुट भन्सार महसुल असुल उपर गर्न भनिसकेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्