Skip to content
Shikhar Insurance
National Life

इन्भेष्टमेन्टसँग मर्जमा जान लागेको हिमालयनको वितरणयोग्य नाफा तीन अर्ब नजिक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान लागेको हिमालयन बैंकले चालु आवको पहिलो तीन महिनामै २ अर्ब ९३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । १० अर्ब ६८ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमै ६ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

हिमालयनले असोज मसान्त अवधीमा नाफा भने ४५ करोेड रुपैयाँ आर्जन गर्न सफल भएको छ, जबकी गत असोज मसान्त अवधीमा बैंकको त्यस्तो नाफा जम्मा ३६ करोड रुपैयाँ मात्रै थियो ।

हिमालयन पहिलो तीन महिना समाप्त हुँदा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरि एक अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । बैंकको सीडी रेसियो भने ९३.५४ प्रतिशत पुगेको छ ।

हिमालयनको प्रति सेयर आम्दानी १६.९५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १९२.४९ रुपैयाँ रहेको छ । हिमालयनको आधार ब्याजदर ७.०१ प्रतिशत छ भने स्प्रेड दर २.६४ प्रतिशत मात्रै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्