Skip to content
Shikhar Insurance
National Life

इन्भेष्टमेण्टसँग मर्जरको विषेश प्रस्ताव सहित हिमालयन बैंकको साधारण सभा पुस ३० गते !

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले पुस ३० गते बार्षिक साधारण सभा बोलाउने भएको छ । पुस ३ गते बसेको बैंक सञ्चालक समितिले बार्षिक साधारण सभामा राखिने विषेश प्रस्तावमा निर्णय गरेपछि साधारण सभाको प्रक्रिया अघि बढेको हो ।

कुनैपनि पब्लिक कम्पनीले साधारण सभा बोलाउनका लागि २१ दिन अघि सुचना प्रकाशित गर्नुपर्ने हुन्छ । तर, हिमालयन बैंकलमंसिर १५ गतेनै गत आर्थिक वर्षको लाभांश घोषणा गरेपनि हालसम्म साधारण सभानै बोलाएको छैन् ।

साधारण सभामा बोलाउनको लागि सञ्चालक समितिले विषेश प्रस्ताव फाइनल गरेसँगै इन्भेष्टमेन्ट बैंकसँग मर्जरको अन्तिम प्रक्रिया समेत अघि बढेको हो । बैंक सञ्चालक समितिको बैंठकले साधारण सभामा लगिने विषेश प्रस्तावमा इन्भेष्टमेन्ट बैंकसँग मर्जर हुने प्रस्ताव राखेको हिमालयन बैंकका एक अधिकारीले जानकारी दिए ।

‘अस्ति बसेको सञ्चालक समितिको बैठकले इन्भेष्टमेण्ट बैंकसँग मर्जरमा जाने प्रस्तावलाई साधारण सभामा लाने निर्णय गरेको छ,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘अब अर्को बैठकले पुस ३० गते २१ गते पुग्ने गरी साधारण सभा बोलाउने मिति तय गर्छ ।’

नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरमा जाने प्रस्तावलाई साधारण सभाले पास गर्ने नगर्ने विषयमा भने अझै अन्योलता हिमालयन बैंकका सबै सञ्चालक तथा व्यवस्थापनलाई भएको ती अधिकारीको भनाइ छ ।
‘साधारण सभा मर्जरको लागि भन्दा पनि लाभांश वितरणमा ढिलाइ भएर बोलाउन लागिएको हो, मर्जरको प्रस्ताव शत प्रतिशत सभाले पास गर्न भन्ने अहिलेसम्म केही टुंगो छैन् ।’–उनले भने ।

हिमालयन बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २१.३८  प्रतिशत बोनश र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । जुन आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्