काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मट्टीतेल , पेट्रोलको मूल्य प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँ घटाएको हाे ।
अब डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ कायम भएको छ भने पेट्रोलको प्रतिलिटर मूल्य १ सय ७० रुपैयाँ कायम भएको छ ।
इन्धनको मूल्य घट्याे, कुनकाे कति ?

प्रतिक्रिया दिनुहोस्