Skip to content
Shikhar Insurance
National Life

इन्टर कलेज स्टक पिचिङ कम्पिटिसनका विजेताहरु प्रभु सेलेक्ट फन्डबाट पुरस्कृत

Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार सम्बन्धी साक्षरता अभिवृद्घि गर्ने उद्घेश्यले काठमाडौं युनिर्भसिटी धुलिखेलमा सम्पन्न भएको इन्टर कलेज स्टक पिचिङ कम्पिटिसनकोमुख्य प्रायोजक प्रभु क्यापिटल रहेको थियो भने आयोजना केयूएसओएम फाइनाइन्स क्लवले गरेको हो ।

प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही अन्र्तगत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये “बाइ” अथवा “सेल” को लागि विभिन्न फन्नामेन्टल र टेक्निकल एनालाइसिस मा आफ्नो प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा का साथै केयूएसओएम कलेजका सह–प्राध्यापक पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए ।

प्रतियोगितामा टिम “स्टक जेम्स” पहिलो विजेता भए भने दोस्रो विजेता टिम “स्वीप्रबी” घोषित भएका छन् । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको रु १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम रु ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्