Skip to content
Shikhar Insurance
National Life

इजरायल जाने बाटो खुल्यो : हाइट ४ फिट ११ इन्च र तौल ४५ केजी अनिवार्य (योग्यता र प्रक्रियासहित)

Hyundai
NCELL
NIMB

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली केयर गिभर इजरायल जाने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८’ जारी गरेसँगै वहुप्रतिक्षित अवसरको ढोका खुलेको हो ।

सरकारले इजरायलमा अस्थायी रोजगारीसम्बन्धि सम्झौतापत्रमा गत असोज १४ गते हस्ताक्षर गरेको थियो । निर्देशिका अनुसार पहिलो चरणमा केयर गिभर इजरायल जान पाउनेछन् ।

पहिलो चरणमा केयर गिभर कामदार लैजाने बारे दुई देशले माघ ८ गते कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका थिए । निर्देशिका तयार भएपछि अब कामदार भर्ना प्रक्रिया सुरु हुनेछ ।

दुई देशको सम्झौताअनुसार नेपाली नागरिक केयर गिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा वैदेशिक रोजगारीका रुपमा इजरायल जान पाउँछन् ।

निर्देशिका अनुसार जसमा २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको नेपाली नागरिक केयर गिभरको रुपमा इजरायल जान पाउनेछन् । उनीहरुले कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्छ ।

निर्देशिकाले कम्तीमा १.५ मिटर (४ फिट ११ इन्च) उचाइ तथा ४५ केजी तौल भएको व्यक्तिलाई मात्र इजरायल जान योग्य मानेको छ । इच्छुकसँग अंग्रेजी भाषाको ज्ञान भएको हुनुपर्छ ।

विगतमा इजरायलमा गइ काम गरेकाहरु केयर गिभरको रुपमा त्यहाँ जान पाउने छैनन् भने इजरायलमा कोही आफन्त नभएको हुनुपर्नेछ ।

सरकारले भरेको विवरणको सक्कल कागजातसहित उपस्थित हुनेलाई छनोट प्रक्रियामा सहभागी गर्नेछ । त्यस्ता उम्मेदवारलाई अंग्रेजी भाषा परीक्षणमा सहभागी गराइनेछ । परीक्षाबाट मागसंख्याभन्दा २५ प्रतिशत उत्तीर्ण हुनेछन् ।

इजरायल जाँदा लाग्ने भिसा शूल्क इजरायलकै रोजगारदाता कम्पनीले बेहोर्ने बताइएको छ ।

यस्तो छ निर्देशिकाः

 

GBIME

प्रतिक्रिया दिनुहोस्