काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापसे शेयरधनीहरुको नाममा रहेको २ लाख ७५ हजार ९ सय २७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा-१३, साँगा, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्ने सेयर कित्ताको हाल कायम मूल्य तथा संख्या खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य कम्पनी तथा व्यक्तिमा सेयर बिक्री गर्न आवश्यक कारवाही अघि बढाइने समेत संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्