Skip to content
Shikhar Insurance
National Life

आर्थिक समृद्धिको पहिलो सर्त राजनीतिक स्थायित्व नै होः शेखर गोल्छा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भए मात्रै समृद्धिको वातावरण बन्ने बताएका हुन् ।

अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक विकासका थुप्रै सूचकको प्रचुर सम्भावना रहे पनि लगानीको अभाव रहेको बताउँदै अस्थिरताका कारण जोखिम बढ्दै गएको बताए । “जबसम्म मुलुकले राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुन सक्दैनन्, तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोही पनि तयार हुँदैन”, उनले भने, “व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्दछ ।” अध्यक्ष गोल्छाले राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानीकर्तालाई प्रवद्र्धन गर्ने र उनीहरुको सुरक्षाको ग्यारेण्टी लिनुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकका उद्योगी, व्यवसायीको सुरक्षाका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै निजी क्षेत्र नै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको बताए । राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने उल्लेख गर्दै उनले उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीबाट नै मुलुक समृद्ध बन्न सक्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्