Skip to content
Shikhar Insurance
National Life

आर्थिक संकटको समयमा केहि व्यापारिक घरानाको सम्पति अश्वभाविक रुपले किन बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले आर्थिक संकटका बिच केहि व्यापारिक घरानाहरुको सम्पति अश्वभाविक रुपले वृद्धि हुनु आश्चर्यको बिषय भएको आरोप लगाएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले नीतिगत विचलनका माध्यमबाट दलाल नोकरशाही पुँजीवादीको वर्चश्व कायम हुँदै जाँदा संकटका समयमा पनि केहि व्यापारिक घरानाहरुको सम्पति अश्वभाविक रुपले बढेको निष्कर्ष पनि उल्लेख गरे ।

उनले नीति कार्यक्रम र बजेटको तयारीमा जुटेको सरकारले अब आयात मुखि नीति र भन्सार दररेटलाई बदलेर उत्पादनशिल क्षेत्रलाई प्रोत्साहित हुने योजना ल्याउनुपर्ने बताएका छन् ।

एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्

आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा बढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत विचलनका माध्यमवाट दलाल नोकरशाही पूँजीवादको वर्चश्व कायम हुदै जानु हो ।

यतिवेला सरकार नीति कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । साच्चै मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भंसारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ ।

उत्पादनशील क्षेत्रको विकासबाट नै ठुलो पैमानामा रोजगारीका अवसरहरु सिर्जना हुन्छन् र राष्ट्रिय अर्थतन्त्र बलियो बन्न पुग्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्