Skip to content
Shikhar Insurance
National Life

आर्थिक वृद्धिको ठूलो लक्ष्य राख्न हुन्न, बढीमा ७.५ प्रतिशत काफी हुन्छः डा. खतिवडा

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महंवकाक्षी लक्ष्य राख्न नहुने बताएका छन् । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरुसँग गरेको छलफलमा आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पूर्व अर्थमत्री डा. खतिवडाले आर्थिक वृद्धिको ठूलो लक्ष्य राख्न नहुने बताएका हुन् ।

उनले अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने बताए । यदि ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमा जोड गर्नुपर्ने उनले बताए ।

पूर्व अर्थमन्त्री खतिवडाले सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरे । खतिवडाले विकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको आरोप पनि लगाए । राष्ट्रिय गौरवका आयोजना भनिएका आयोजनाहरु पनि गौरव गर्न लायक नरहेको उनले बताए ।

‘हामीले यति धेरै किसिमले डिभाइड गर्यौं, हाम्रा कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका भनेका छौं । गेम चेन्जर भनेका छौं, यो भनेका छौं अनि त्यो भनेका छौं । विभिन्न किसिमले गरेका छौं, अनि कम्प्लिकेटेट बनाई राखेका छौं’ उनले भने ‘मेरो अनुरोध के हो भने हामी पनि सरकारमा बसीसकेका छौ । सबैभन्दा बढी गाली खाने भएको राष्ट्रिय गौरवका आयोजनाले हो । मेरो अनुरोधमा चै त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस् र अरुलाई सबैलाई छुट दिनुस् र यिनीहरुलाई प्राथमिकता दिनुस् र कार्यान्वयन गर्नुस् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्