Skip to content
Shikhar Insurance
National Life

आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्तः  उपप्रधानमन्त्री श्रेष्ठ

Hyundai
NCELL
NIMB

मन्थली । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने, “मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ । ”

जिल्ला समन्वय समिति रामेछापले शनिबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन कायम गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भने। उनले राजनीतिक परिवर्तन पछाडि मुलुकमा समाजिक र आर्थिक विकास हुँदै नभएको भने होइन, तर जनताको अपेक्षाकृत ढङ्गबाट हुनुपर्ने जति नभएको बताए।

अहिले संविधान कार्यान्वनको पक्षमा सरकार रहेकाले सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि गृहमन्त्री श्रेष्ठ बताए। उनले भने, “म जे बोल्छु त्यो गर्छु त्यसैले गर्न नसक्ने काम म बोल्दिनँ । अरुजस्तो गर्न नसक्ने काम बोलेर भाग्ने काम पनि गर्दिनँ ।”

कार्यक्रमका अवसरमा जिल्लामा भएका समस्यालाई समाधान गर्न र विकास निर्माणका काम गरिदिन विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिका प्रमुख एवं संघीय तथा प्रदेश सांसदले गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्