Skip to content
Shikhar Insurance
National Life

आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत सञ्चालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरे । म्युचुअल फन्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको सतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्