Skip to content
Shikhar Insurance
National Life

आरएसडिसी लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २९ गते ९औं वार्षिक साधारण सभा बोलाएको हो ।

लघुवित्तको पुस ७ गतेको सञ्चालक समितिको बैठकले एशियन होटल, बुटवल, रूपन्देहीमा सभा गर्ने निर्णय गरेको छ।

सभाले गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नका साथै प्रस्तावित कुल ११ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । साथै, संस्थापक सेयरधनीको तर्फबाट चार जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजाको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्