Skip to content
Shikhar Insurance
National Life

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको महत्वपूर्ण भूमिका रहेको छ : मन्त्री भण्डारी

Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घले आज आयोजना गरेको अन्तरक्रियामा उनले पुँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

हस्तकला क्षेत्र उद्योग व्यापार मात्र नभइ यो देशको संस्कृति र सम्पदाको प्रतिबिम्ब पनि भएको उल्लेख गर्दै उनले यस क्षेत्रले रोजगारी सिर्जनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मन्त्री भण्डारीले, “हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि नेपाल हस्तकला महासङ्घले तयार गरी मन्त्रालयमा बुझाएको हस्तकला विकास नीतिको पनि सुुक्ष्म अध्ययन गरी हामी त्यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।”

उनले हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणिकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकीकृत रुपमा व्यवसायीहरुलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न मन्त्रालय क्रियाशिल रहेको जानकारी गराए । त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको जानकारी गराउँदै उनले अब जति सक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी कार्यविधि सरकारले स्वीकृत गर्ने तयारी गरिरहेको बताए ।

मन्त्री भण्डारीले उद्योग व्यवसायको समुचित प्रवर्द्धनका लागि उद्योग मन्त्रालयबाट तर्जुमा गरिएको नेपाल व्यापार एकीकृत रणनीतिले समेटेका हस्तकला वस्तुको प्रवर्द्धनमा मन्त्रालयले कुनै कसर बाँकी नराखी प्रवर्द्धनात्मक कार्य अघि बढाउने प्रतिबद्धता जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्