Skip to content
Shikhar Insurance
National Life

आयात घटी रेमिट्यान्स वृद्धि हुँदा पनि विदेशी सञ्चिती घट्दा २३ अर्ब ६८ करोड रुपैयाँ शोधनान्तर घाटा

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा देशको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । आयात घटी निर्यातमा वृद्धि भइ देशको व्यापार कम हुँदा र रेमिट्यान्स आप्रवाह वृद्धि हुँदापनि विदेशी मुद्रा सञ्चितीमा सुधार नहुँदा शोधनान्तर स्थिति घाटामा गएको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।

सरकारले विगत बैशाख महिनायता विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै विभिन्न वस्तुको आयातमा पुर्णबन्देज लगाएको छ । जसले गर्दा आयात घटेको छ । चालु आवको २ महिनामा कुल वस्तु आयात १३.० प्रतिशतले कमी आई २ खर्ब ७३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो ।

सो अवधिमा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई २८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । आव २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आई २ खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको २ महिनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

यसरी, रेमिट्यान्स वृद्धि हुँदा र आयात घटी निर्यात बढ्दा व्यापार घाटा कम भएपनि देशको् कुन विदेशही सञ्चिती भने घटेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्