Skip to content
Shikhar Insurance
National Life

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

Hyundai
NCELL
NIMB

काठमाडौं। आन्तरिक राजश्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । हालसम्म सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेका मैनालीलाई अर्थ मन्त्रालयले विभागको महानिर्देशक बनाएर पठाएको हो।

विभागका महानिर्देशक रितेश शाक्यलाई अर्थमन्त्रालय तानेर मैनालीलाई आन्तरिक राजश्व पठाएको हो। उनले मंगलबार (आज) नियुक्तपत्र बुझेको र बुधबारदेखि कार्यभार सम्हाल्ने सिंहदरबारलाई बताए । निर्वाचन अघिनै मैनालीलाई विभागको महानिर्देशक बनाउन निर्वाचन आयोगसँग मन्त्रालयले सहमति मागेको थियो।

मैनालीले यसअघि नै राजश्व विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेको थिए । आफ्नो कार्यकारलमा आफ्नो नेतृत्वमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक छानबिन गरेर राम्रो नतिजा निकाल्न सफल भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्