Skip to content
Shikhar Insurance
National Life

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले उक्त निर्णय पुस ७ गते नै गरेको थियो ।

सञ्चालक समितिको बैठक बसेर आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा पुस ८ गते (आज) १२:१३ बजे कारोबार समयमा जानकारी गरेकाे  हुँदा कम्पनीको सेयर काराेकार रोक्का गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

साथै, उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप पुस ८ गतेको निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशानुसार अनुरोध गरेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्