Skip to content
Shikhar Insurance
National Life

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला

Hyundai
NCELL
NIMB

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीयले साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गते (आज) देखि २० हजार ३३८ कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

संस्थाले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता आइपीओमध्ये २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न कम्पनीले जनाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्