Skip to content
Shikhar Insurance
National Life

आज ३ फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ पुगेको हो ।

आज ३१५ कम्पनीको सेयर ९७ लाख ८९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ कारोबार भएको छ । मंगलबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । जानकी फाईनान्स कम्पनी लिमिटेड, नेपाल फाईनान्स लिमिटेड र पोखरा फाईनान्स लिमिटेडको सेयरमा सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, इमर्जिङ नेपाल लिमिटेडको ८.४५ प्रतिशत, प्रभु स्मार्ट फण्डको ८.३० प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.७४ प्रतिशत सहित १८९ कम्पनीको सेयर मूल्यमा उकालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्