Skip to content
Shikhar Insurance
National Life

आज २ कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ मा पुगेको हो ।

आज ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ कारोबार भएको छ । सोमबार दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्ध भूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८२ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.०१ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.२५ प्रतिशत सहित २२२ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्