Skip to content
Shikhar Insurance
National Life

आज सार्वजनिक बिदा तर बैंक भने खुल्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज घोडेजात्राका दिन पनि बैंक तथा वित्तिय संस्थाहरु खुला राख्न दिएको निर्देशन अनुसार बैंकहरु खुल्लै रहने भएका छन् ।

सरकारले घोडेजात्राका अवसरम आज उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । तर उपत्यका बाहिर सबै बैंकिङ सेवा दिनुपर्ने भएकाले सो प्रयोजनका लागि उपत्यकामा पनि बैंक खोल्न राष्ट्र बैंकले भनेको हो ।

“घोडेजात्राका दिन काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी ९इसिसी०, आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैंकले भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्