Skip to content
Shikhar Insurance
National Life

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

Hyundai
NCELL
NIMB

काठमाडौं । आज आइतबार श्री एयरलाइन्स प्रालिले सबै उडान स्थगित गरेको छ। श्री एयरलाइन्सले आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए।

धनगढीका लागि शनिबार उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो। सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्