Skip to content
Shikhar Insurance
National Life

‘आजबाट सिर्जनशील महिला उद्यमी मेला २०८०’ सुरु

Hyundai
NCELL
NIMB

काठमाडाैं। ‘२० औं डाबर बाटिका तीज फेष्टिभल सिर्जनशील महिला उद्यमी मेला-२०८०’ आज शुक्रबारबाट सुरु भएको छ।

मेलाको उद्घाटन वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संयुक्त रुपमा गरे।

महिला सिर्जनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवर्द्धन गरी उनीहरुलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी आयोजकको विश्वास छ। मेलामा नेपाली उत्पादन सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामाग्री, गरगहनालगायतका सामग्री प्रदर्शनमा राखिएको छ।

शुक्रबारबाट सुरू भएको मेला आइतबारसम्म चल्ने मेलामा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ। मेला दरवबारमार्गस्थित अन्नपूर्ण होटलमा सञ्चालन भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्