Skip to content
Shikhar Insurance
National Life

आजबाट बजेट अधिवेशन, गृहमन्त्री विरुद्ध आक्रामक काङ्ग्रेसले संसद अवरुद्ध गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । संसदको बजेट अधिवेशन शुक्रबार (बैशाख २८ गते) देखि आरम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार दिउँसो २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसदलाई संघीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ।

यहि अधिवेशनमा सरकारले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्दै छ । जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट पनि ल्याउनु पर्नेछ ।
तर सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेसले आफ्नो माग पूरा नभए सन्सद अवरुद्ध गर्ने चेतावनी दिदै आएको छ ।

कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो । प्रतिपक्षी र सरकारको अडानका कारण संसदमा भिडन्तको सम्भावना देखिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्