Skip to content
Shikhar Insurance
National Life

आजदेखि गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको २० रुपैयाँको नयाँ नोट बजारमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले साविक कै आकार तथा रङ्गमा ‘ठ/८७’०००००१ देखि ‘त/१८’९९९९९९ सम्मको नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।

हाल चलनचल्तीमा रहेको २० रुपैयाँको नोटमा यस अघिका गभर्नर डा. चिरञ्जिवि नेपालको हस्ताक्षर छ। केन्द्रीय बैंकले हालका गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तीमा ल्याउन लागेको हो।

आजबाट चलनचल्तीमा आएको यो नोटको अगाडिको बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र बोर्डरमा नोटको सिरिज नम्बर र नेपालीमा वि.सं. २०७९ लेखिएको छ ।

नोटको पछाडिको भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक बीचमा, २ वटा बाह्रसिंगेको चित्र, तल्लो भागमा अंग्रेजीमा २० रुपैयाँ र तल्लो भागको बोर्डरमा नोटको सिरिज अंग्रेजीमा २०२३ एडी लेखिएको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्