Skip to content
Shikhar Insurance
National Life

आगामी १० वर्षमा सूचना–प्रविधिमा ७ खर्बको निर्यात गर्न सकिन्छ : नास आईटी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आगामी १० वर्षमा सूचना–प्रविधि क्षेत्रमा ७ खर्बको निर्यात गर्ने बताएकको छ । नास आईटीले राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आगामी वर्षको बजेटबाट विश्वसँग प्रतिपर्धा गर्नका लागि १० वर्षको लागि शून्य प्रतिशत कर्पोरेट कर र ८ प्रतिशत निर्यात क्रेडिट सुविधाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । बजेटमार्फत सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पुर्‍याउन कर्जाको व्यवस्था गर्न, आईटी कम्पनीका लागि बीमा पोलिसी ल्याएर ५ वर्षसम्म प्रिमियम लागतको ९० प्रतिशत अनुदान दिन, आईटी पार्क तथा आईटी हब सञ्चालन गर्न, सफ्टवेयर खरिद गर्दा स्थानीय कम्पनीलाई प्राथमिकता दिन, अन्तर्राष्ट्रिय आईटी प्रदर्शनी भाग लिन, विदेशमा शाखा कार्यालय स्थापन गर्न सक्ने तथा आईटी बोर्ड गठनको व्यवस्था गर्न नास आईटीले अनुरोध गरेको छ ।

 

यस बाहेक नेपाली आईटी कम्पनी, उत्पादन र उद्योगको प्रवर्द्धन गर्न विदेशस्थित नेपाली दूतावासहरुसँग सहकार्य गर्नुपर्ने, ठूला सफ्टवेयरलाई पूर्वाधार परियोजना सरह व्यवहार गर्नुपर्ने, पीपीपी मोडललाई प्रोत्साहन गर्नुपर्ने र खरिद प्रक्रियालाई सुधार गर्नुपर्ने संस्थाले जनाएको छ । सरकारले यी व्यवस्था गर्न सके आगामी १० वर्षमा नेपाली आईटी उद्योग निर्यात ७ खर्बको बनाउन सकिने र ग्लोबल टेक हबको रूपमा विकास गर्न सकिने नास आईटीले विश्वास व्यक्त गरेको छ ।

प्रविधिको विकास र प्रवर्द्धनका लागि स्थापन हुने आईटी बोर्ड स्वायत्त निकाय हुनुपर्ने र त्यसका लागि छुट्टै ऐन आउनुपर्ने उक्त संस्थाले सुझाव दिएको छ । नास आईटीले विभिन्न शहरहरुमा १५ हजारदेखि ३० हजार वर्ग फुट भवनहरू भाडामा लिएर आईटी पार्कमा हुने सुविधाहरूको व्यवस्था गरी साना आईटी पार्क संचालन गर्न पनि सुझाव दिएको छ ।

एक अध्ययन अनुसार नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा झन्डै २ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको छ । सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको अनुमान गरिएको छ । नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने भिजनसहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्