Skip to content
Shikhar Insurance
National Life

आगामी चुनावमा एमालेसँग सहकार्यको सम्भावना छैन्ः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

बुटवल । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँगको सहकार्य सम्भव नभएको प्रष्ट पारका छन् । बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ”, उनले भने ।

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मतमात्रै प्राप्त गरेको जनाउँदै उनले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताए । कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुईतिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्