Skip to content
Shikhar Insurance
National Life

आइपीओ अगावै १ अर्ब पुँजी थप्दै सन नेपाल लाइफ, समितिले माग्यो कारण

Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन बीमा व्यवसायमा पछिल्लो पटक सञ्चालनमा आएका कम्पनीहरुले अहिले धमाधम साधारण सेयर (आइपीओ) जारी गरिरहेका छन् । पछिल्लो पटक नै सञ्चालनमा आएको सन नेपाल लाईफले भने आइपिओ जारी गर्नु अगावै चुक्ता पुँजी थप गर्ने तयारी थालेको छ ।

कम्पनीले बीमा समितिमा १ अर्ब रुपैयाँ चुक्ता पुँजी थप गर्नको लागि स्वीकृतिको लागि आवेदन दिएको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको लागि १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

चार वर्षअघि सञ्चालनमा आएको कम्पनीले पहिलो वार्षिक साधारणसभामार्फत् तोकिएको चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने घोषणा गरेको थियो । जसका लागि ‘क्रेडिट रेटिङ’ समेत गराई सकेको कम्पनीले हाल पुँजी वृद्धि गरेर मात्रै आइपिओ जारी गर्ने तयारी थालेको हो ।

कम्पनीले आइपीओ जारी गर्नुभन्दा अघि पुँजी थप गर्न आवेदन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सिंहदरबारलाई बताए ।

‘कम्पनीले केही महिना अघि आइपीओ जारी गर्नु अघि पुँजी थप गर्न स्वीकृतको लागि माग गर्दै आवेदन दिएको थियो, अहिले कायम पुँजीमा १ अर्ब रुपैयाँ थप गर्न पाउँ भनेको छ । यहाँबाट पुँजी थप गर्नुका कारण लिखित रुपमा पठाउन भनेका छौं ।’

कम्पनीले पुँजी थप गर्नुका कारण अहिलेसम्म नपठाएको हुँदा समितिले हालसम्म कम्पनीको पुँजी वृद्धिको आवेदनमा छलफल नै नगरेको उनले जानकारी दिए ।

सन नेपाल लाइफको हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी कायम छ । साथै, कम्पनीले जगेडा कोषमा ३७ करोड ७८ लाख रुपैयाँ,जीवन बीमा कोषमा ३ अर्ब ६ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २४ लाख रुपैयाँ मौज्दात राखेको छ ।

समितिले पुँजी थपको लागि स्वीकृत दिएमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ कायम हुनेछ । सोही अनुसारले कम्पनीले अधिकृत पुँजी कायम गर्न सर्वसाधारणमा आइपीओ जारी गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्