Skip to content
Shikhar Insurance
National Life

आइपिएसको इलोक्ट्रोनिक अफर

Hyundai
NCELL
NIMB

काठमाडाैं । असार  १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी कनेट आइपिएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन कनेट आइपिएस “इलोक्ट्रोनिक अफर” ल्याएको छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेट आइपिएसमा अनलाइन रजिष्ट्रर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु.५० को रिचार्ज पाउन सक्नेछन् ।

यस अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ । यो अफर कनेट आइपिएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।

सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको कनेट आइपिएस एक भन्दा बढी बैंक खाता लिन्क गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्