Skip to content
Shikhar Insurance
National Life

आइतबार सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार?

Hyundai
NCELL
NIMB

काठमाडाैं। साताको पहिलो दिन नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले  बढेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्