Skip to content
Shikhar Insurance
National Life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सकाे ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको लाममा रहेको कूल ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरु सुमन पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पैडेलको नाममा रहेको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त सेयर खरिदकने लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्सालमा आफुले के कति खरिद गर्ने हो खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्था, कम्पनीलाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्