काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले ढकाललाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्षले ढकाललाई कार्यकाल सफलताका लागि शुभाकामना पनि दिए ।
आइजीआई प्रुडेन्सियलका अध्यक्ष ढकालले लिए सपथ

प्रतिक्रिया दिनुहोस्