Skip to content
Shikhar Insurance
National Life

आइएमई लाइफको सीईओमा पवन कुमार खड्का नियुक्त, तलब मासिक साढे ६ लाख

Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा खड्का लाई नियुक्त गर्ने निर्णय गरेको हो ।

निजको नियुत्तिको स्वीकृतीका सम्बन्धमा नियमनकारि निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ गतेको पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्य गर्नको जानकारी गराएको थियो ।

प्रमुख कार्यकारी अधिकृत खड्कासगँ आईएमई लाइफ पूर्व नेपाल लाइफ, तत्कालिन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्चव्यवस्थापकिय पदसहित प्रमुख कार्यकारि अधिकृत र बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्य अनुभव रहेको छ ।

निजसगँ बीमा, जलविधुत तथा सिमेन्टे क्षेत्रको कार्यअनुभव रहेको छ । निजसगँ एसिसिए सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शौक्षिक योग्यता रहेको छ । सिइओ खड्कालाई मासिक साढे ६ लाख तलब दिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्