काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आव २०८०/०८१ मा प्रिमियर क्लब बिजेता एजेन्सी म्यानेजरहरुको लागि टाइम्स बिजनेस समिट सम्पन्न गरेको छ । हरेक वर्ष आयोजना हुने यो कार्यक्रम कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई सहभागी गराएर गर्ने मध्येको दोश्रो ठूलो विजनेस समिट हो ।
कार्यक्रममा ६० जना भन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरुको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले पानसमा बत्ती बालेर गरेका थिए भने नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य र खिलेन्द्र पौडेलले उक्त कार्यक्रमको पृष्ठभूमी तथा उदेश्यको विषयमा मन्तव्य राखेका थिए ।
त्यसैगरी, चिफ स्ट्राट्रेजि अफिसर आईआर सुवेदीले कसरी एजेन्सी म्यानेजरहरुले आफ्नो आम्दानीलाई ३ गुणाले वृद्धि गर्ने भन्नेबारे धारणा राखेका थिए । कार्यक्रमको व्यवस्थापन समन्वयात्मक रुपमा एजेन्सी विभाग, तालिम विभाग र ब्राण्डिङबाट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्