Skip to content
Shikhar Insurance
National Life

आइएमई पे र कान्तिपुर सिनेमास् बिच भुक्तानी साझेदारका लागि सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा ‘आइएमई पे’ एकमात्र भुक्तानी साझेदारका रुपमा हुने  बताएको छ ।

कान्तिपुर सिनेमास् ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरु हेर्न मिल्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सम्झौतामा हस्ताक्षर गरेका छन् । आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको दावी गरेको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको  सुविधा उपलब्ध रहेकाे छ। आइएमई पेले २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत सेवा दिदैँ आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्