Skip to content
Shikhar Insurance
National Life

आँखु खोला जलविद्युतलाई १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगको स्वीकृति

Hyundai
NCELL
NIMB

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति
दिएको छ । आयोगले कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएकाे हो ।

आयोगको गत बिहीबारको बैठकको निर्णयअनुसार कम्पनीले चुक्ता पुँजीको १ बराबर १.५ अनुपातमा हकप्रद सेयर निष्कासशन गर्न स्वीकृति पाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड छ। यसको १५० प्रतिशत हकप्रद सेयर ल्याउन आयोगले स्वीकृति प्रदान गरेको छ।

कम्पनीले हकप्रद सेयर निष्काशनको स्वीकृती माग गर्दै साउन ३० गते आयोगमा निवेदन दिएको थियो। कम्पनीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले ८.४ मेगावाट क्षमताको आँखुखोला १ जलविद्युत आयोजना प्रवर्द्धन गरिरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्