Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री भन्छन्– ओली अहिले भारतसँग कुनै असमझदारी छैन, तर…

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले भारतसँग कुनै असमझदारी नरहेको बताएका छन् । बीबीसी हिन्दीलाई अन्तरवार्ता दिँदै ओलीले भारतसँग कहिले कहि असमझदारी रहेको तर अहिले असमझदारी नभएको स्पष्ट पारेका हुन् ।‘भारतसँग कहिले कहिँ असमझदारी थियो तर अहिले कुनै प्रकारका असमझदारी छैन, विगतलाई हेरेर अघि बढ्नु हुन्न, अध्यारो विगतलाई होइन, उज्यालो भविष्यलाई हेरेर अघि बढ्नुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

असमझदारी नभए पनि कोरोना महामारीमा भारतले सोचे जति सहयोग नगरेको भने ओलीले बताए । उनले भारतीय प्रधानमन्त्री मोदीसँग नेपाललाई अन्य देश जसरी नलिन र बिशेष सहयोग गर्न आग्रह पनि गरेका छन् । नेपाल भारत सिमामा खेतबारी घरहरु रहेको, कतै कतै दशगजा नै कता रहेको समेत थाहा नहुने रहेको अवस्था रहेको बताउँदै यो विषेशतालाई ध्यानमा राखेर सहयोग गरिदिन आग्रह गरेका हुन् । भारतले सबै भन्दा पहिले नेपाललाई भ्याक्सिन उपलब्ध गराएको तर थोरै दिएको बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्