Skip to content
Shikhar Insurance
National Life

सिन्धु विकास बैंकले बोलायो साउन ६ गते साधारणसभा, मर्जरको बाटो खुल्ने विषेश प्रस्ताव

Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धु विकास बैंकले बार्षिक साधारणसभा मिति तय गरेको छ । बैंकले आफ्नो १२औं वार्षिक साधारण सभा साउन ६ गतेलाई बोलाएको हो ।

जसका लागि बैंकले असार २७ गते १ दिनको लागि बुक क्लोज गर्न भएको छ । बैंकले घोषणा गरेको लाभांश सुरक्षित असार २५ गतेभित्रै गर्नुपर्ने छ ।

बैंकले वार्षिक साधारण सभामा गाभ्ने, गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र या तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरि सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव गर्ने भएको छ ।

बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने, गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र या तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरि सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभामा लानेछ ।

साथै, सभामा सञ्चालकको बैंठक भत्ता लगायतका सुविधामा बृद्धि गर्न बैंकको नियमावालीको नियम ३२ (१) मा संशोधन गर्ने सम्वन्धमा, सिन्धु विकास बैंक र र बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संसोधन स्वीकृत गर्ने तथा नियमनकारी निकायहरुबाट थपघट÷फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा बिशेष प्रस्ताव गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्