Skip to content
Shikhar Insurance
National Life

असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने, अधिकतम ११.०३% नै कायम गर्ने निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । असार महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । विगत ३ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने वाणिज्य बैंकहरुले सहमति गरेका हुन् ।

ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निश्कर्ष निकाल्दै असार महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले जानकारी दिए ।

‘ब्याजदर बढाउँदैमा थप निक्षेप संकलन नहुने रहेछ,’ संघका अध्यक्ष उपाध्यायले सिंहदरबारसँग भने, ‘दर बढाउँदा खर्चमात्र बढाउने भन्दै असार महिनामा पनि पुरानौ ब्याजदरलाई यथावत राख्ने एक तहको सहमति भएको छ ।’

तरलता अभावको अहिलेको अवस्थामा निक्षेपको ब्याजदर बढाउँदा अस्थिरता सिजना हुने उनको भनाइ छ । संघका सदस्य बैंकरहरुसँग अनौपचारीक रुपमा ब्याजदर नबढाउने सहमति भएको हुँदा आधिकारीक रुपमा संघले विज्ञप्ती नै जारी गर्ने उनले बताए ।

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ %) को १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख र जेठमा सोही दरमै ब्याज पाएका थिए । अब असार महिनामा पनि सोही दरमा ब्याज पाउने निश्चित भएको छ । यता विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले बुधबारसम्म निर्णय गरिसकेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्