Skip to content
Shikhar Insurance
National Life

असन्तुष्ठ व्यवसायी रिझाउँदै सरकार, हेरफेर भए करका दरहरु(सूचिसहित)

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले असन्तुष्ठ व्यवसायीहरुलाई रिझाउँदै करका दरहरु हेरफेर गरेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले अघि सारेका करका दरहरु हेरफेर गरेको हो । असन्तुष्ठ व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले मंगलबार मन्त्रिपरिषद बैठकबाट निर्णय गरि बिहिबार राजपत्रमा संसोधित राजपत्र प्रकाशित गरिसकेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्ठ व्यवसायीहरुका जायज माग सम्बोधन गर्न एक महिना अघि राजस्व सचिव रामेश्वर दंगालको संयोजकत्वमा अध्ययन समिति गठन गरेका थिए। राजस्व महाशाखा प्रमुख भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभागका महानिर्देशक कमल भट्टराई सदस्य रहेको समितिमाले दिएको प्रतिवेदनका आधारमा करका दरहरु हेरफेर गरिएका हुन् ।

बजेटमा तय गरिएको करका दरहरुका कारण जीआइ वायर र स्यानेटरी प्याड उत्पादक असन्तुष्ठ थिए । अब फलामे डन्डीको भन्सार महशुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ। त्यस्तै सेनिटरी प्याडको कच्चा पदार्थ पफोरेटेड पीई आयात गर्दा अब अन्तः शुल्क लाग्ने छैन्। वनस्पति घ्यू, पाम तेल, कच्चा सूर्यमुखी तेल आयात गर्दा ९० प्रतिशत भन्सार महशुल छुट पाइन्छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्