Skip to content
Shikhar Insurance
National Life

अर्धबार्षिक समीक्षामा माग सम्बोधन नभएपछि लगानीकर्ताहरु निरास, ६० अंकले घट्यो नेप्से

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि खुलेको पहिलो कारोबारकै दिन सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गरेको थियो। समीक्षामा केन्द्रिय बैंकले लगानीकर्ताले गरेका मागहरु सम्बोधन नगरेपछि लगानीकर्ताहरु निरास देखिएका छन्।

मौद्रिक नीतिको समीक्षामा सेयर धितो कर्जाको सिमा बढ्ने, जोखिम भारित औसत घटाउने लगायतका मागहरु सम्बोधन हुने अपेक्षा गरिएको थियो तर ती मागहरु सम्बोधन नहुँदा बजार नकारात्मक देखिएको हाे।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ६०.७७ अंक अर्थात २.७९ प्रतिशतले घटेर २१२१.७५ को विन्दुमा बन्द भएको छ । यस दिन ठुला कम्पानीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १०.९९ अंक अर्थात २.६४ प्रतिशतले घटेर ४०४.४३ को विन्दुुमा बन्द भएको हो ।

आइतबार दिनभरीमा २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार नेप्से परिसूचक १२.४५ अंकले बढ्दा २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक भारी गिरावट आएपनि कारोबार रकम भने बढेको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको ८ कम्पनीको सेयर मूल्य बढेको छ । भने, २०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यसदिन खप्तड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ४.४८ प्रतिशतले बढेको छ। भने, न्यादी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा बढी ६.६० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, न्यादी ग्रुपको ११ करोड २९ लाख, अपि पावरको ७ करोड ८० लाख, अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ७ करोड ७६ लाख र एनआइसी आशीया बैंकको ७ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्