काठमाडौं । नव नियुक्त अर्थ सचिव तोयम रायाले कार्यभार सम्हालेका छन् । रायाले शुक्रबार मध्यान्ह अर्थ सचिवको कार्यभार सम्हालेका हुन् । बाणिज्य सचिवको जिम्मेवारीबाट विदा लिएर राया सिधै अर्थ मन्त्रालय आएका थिए । रायालाई अर्थ मन्त्रालयको बिभिन्न महाशाखा प्रमुखहरुले स्वागत गरेका थिए । कार्यभार सम्हालेपछि रायाले मातहत निकायका प्रमुखहरुको संक्षिप्त ब्रिफिङ सुनेर उच्च मनोबलका साथ आ आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिएका थिए ।
अर्थ सचिव तोयम रायाले सम्हाले कार्यभार

प्रतिक्रिया दिनुहोस्