Skip to content
Shikhar Insurance
National Life

अर्थ मन्त्रीमा वर्षमान पुन, विष्णु पौडेललाई मन्त्री बन्न नदिन एमालेकै नेता सक्रिय

Hyundai
NCELL
NIMB

काठमाडौं। नयाँ मन्त्रिमण्डलको अर्थमन्त्रीमा वर्षमान पुन लगभग पक्का भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ छाड्न नमानेपछि पुन अर्थमन्त्री बन्ने भएका हुन्।

अहिले नयाँ गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा दलहरुबिच मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गरिरहेका छन्। बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयको चर्को बार्गेनीङ चलेको छ।

अर्थ मन्त्रालयमा एमालेले पनि दाबी गरिरहेको थियो। तर अर्थ मन्त्रालयकै लागि अघिल्लो गठबन्धन भत्काएको रटान प्रम दाहालले नछोडेपछि माओवादीले अर्थ मन्त्रालय पाउने भएको हो।

माओवादीले अर्थ मन्त्रालय पाउने भएपछि पुन मन्त्री बन्ने पक्का भएको हो। पुन एमालेसँग सत्ता समिकरण मिलाउन लामो समयसम्म लागि परेका थिए। यस्तै उनी चीन निकट नेता भएकाले पनि उनी अर्थमन्त्री बन्ने पक्का भएका हुन्।

गृह मन्त्रालयका लागि भने राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेबिच चर्को प्रतिस्पर्धा देखिएको छ। प्रम दाहालले गृह एमाले र रास्वपा मिलेर एकले लिन आग्रह गरेपछि विवाद बढ्दै गएको छ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई भने मन्त्रिपरिषदमा नै नपठाउन एमालेका केही नेताहरु लागि परेका छन्। सत्ता समिकरण मिलाउन भुमिका खेलेका पौडेललाई एमालेकै केहि नेताहरुले मन्त्री बन्न नदिन भुमिका खेलिरहेका छन्। विशेगरी शंकर पोख्रेल लगायतका नेताहरुले लबिङ बढाएका हुन्। सोमबारसम्म अर्थमन्त्रीमा पौडेलको नाम चर्चामा रहेको थियो भने अर्थ एमालेले नपाउने भएपछि पौडेललाई मन्त्रि बन्न नै रोक्ने तयारी भएको स्रोतले बताएको छ।

पौडेललाई मन्त्रीको जिम्मा दिदाँ उनी थप शक्तिशाली हुने नेता पोखरेलको निष्कर्ष छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्