Skip to content
Shikhar Insurance
National Life

अर्थमन्त्री पौडेलको पहिलो निर्णय-विकासको गति अघि बढाउन वैकल्पिक स्रोतको खोजी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास पुवार्धारको काम गर्न छुट्टै रकमको व्यवस्था गर्ने भएका छन् । अर्थमन्त्री बनेपछि पहिलो निर्णय गर्दै बिकास वित्तको कमी पुरा गर्न र पुर्वाधारमा लगानी अभिबृद्धि गर्न नविन उपकरण तथा विधिहरुको प्रयोग गर्ने सम्वन्धि मार्गचित्र स्वीकृत प्रदान गरेका हुन् ।

मुलुकको सार्वजनिक खर्च व्यवस्थापन क्रमश: चुनौतीपुर्ण हुँदै गएको छ। राजस्व बचतले बढ्दो बिकास आवस्यकता र पुर्वाधार क्षेत्रमा लगानीको कमी पुरा गर्न पर्याप्त छैन । आर्थिक तथा सामाजिक पुर्वाधार निर्माणको लागि आवस्यक  बिकास वित्तको कमी पुरा गर्न बैकल्पिक वित्तका नविन उपकरणहरुको प्रयोग गर्नु पर्ने देखिएको भन्दै अर्थ मन्त्रालयले प्रकृया अघि बढाएको हो ।

नेपाल जस्तै अर्थतन्त्र भएका अन्य मुलुकहरुले हरित बन्ड, दिगो विकास बन्ड, स्वच्छ उर्जा बन्ड तथा पुर्वाधार फण्ड, Debt swaps, म्याचिग फण्ड र ग्यारेन्टी लगायतका उपकरणको सफल प्रयोग गर्दै आएको छ ।

सम्मिश्रीत वित्त, हाइब्रिड एन्यूटी जस्ता सार्वजनिक निजी साझेदारीका नविन विधिको माध्यमबाट निजी पुँजी परिचालन गरी विकास सहायताको लिभरेज दर बढाउन संभाव्य आयोजनाको पाइपलाइन  बिकास गर्नु आवस्यक छ । यसको लागि आवस्यक नीतिगत र प्रकृयागत प्रबन्ध मिलाउनुको साथै स्पष्ट मार्ग चित्र निर्माण गरी सो अनुरुप कार्ययोजना तर्जुमा गर्न मन्त्रालयले निर्णय गरेको हो ।

हाल तर्जुमा प्रकृयामा रहेको एकिकृत राष्ट्रिय वित्त खाका समेतको आधारमा नेपालमा सम्भाव्य र उपयुक्त देखिएका विधिको उपयोग गरी विकास वित्तको आवस्यकता पुरा गर्न आर्थिक बर्ष २०८१/८२ भित्र देहाय वमोजिमको कार्य सम्पन्न गर्ने गरी मार्ग चित्र स्वीकृत भएको हो ।

 

स्वीकृत मार्ग चित्र अनुसार यस्ता काम गरिनेछ

संभाव्य र उपयुक्त वित्त उपकरण तथा उपयोग विधिको निर्धारण गर्ने

कानुनी र प्रकृयागत व्यवस्था गर्न नेपाल सरकार म.प. मा प्रस्ताव पेश गर्ने

संभाव्य आयोजना सूची निर्माण तथा संभाव्यता निर्धारण

संभाव्यताको आधारमा नविन विधि र उपकरणको उपयोग गर्ने

सम्मिश्रीत वित्त, हाइब्रिड एन्यूटी जस्ता सार्वजनिक निजी साझेदारीका नविन विधधिको उपयोगको तयारी तथा प्रकृया निर्धारण गर्ने

बिकास वित्त  परिचालनको अनुमान गरी बजेटमा समावेश गर्ने

अन्तर निकाय कार्यदल तथा सल्लाहकारी संयन्त्र निर्माण गर्ने

सम्वद्ध निकायको क्षमता विकास गर्ने

 

GBIME

प्रतिक्रिया दिनुहोस्