Skip to content
Shikhar Insurance
National Life

अर्थमन्त्रीद्वारा ‘विनियोजन विधेयक २०८०’ राष्ट्रियसभामा पेस

Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेस गरेको अर्थमन्त्री महतले स्पष्ट पारे ।

उनले भने, “आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेस गर्नु परेको हो ।”

गत बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्